Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना खोपको दोस्रो मात्रा लगाइने

पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना खोपको दोस्रो मात्रा लगाइने

  • सोमवार, श्रावण २ २०७९

  • 491
    SHARES

  • पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना खोपको दोस्रो मात्रा लगाइने

    काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

    पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

    यहि साउन ८ गतेसम्म पहिलो मात्रा लगाएका केन्द्रबाटै खोप दिने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोपको दोस्रो मात्रा दिइने भएको छ ।


    सोमवार, श्रावण २ २०७९०८:३०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij