काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले ४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । दुई जना विदेशी र एक नेपाली महिलालाई उक्त हेरोइनसहित पक्राउ परेका हुन् ।
ब्युरो स्रोतका अनुसार उक्त हेरोइन विदेशबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको र गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौंबाट बरामद गरेको हो । यस सम्बन्धमा केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने ब्युरोले जनाएको छ ।
यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो ।