Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

म्याद गुज्रेका वियर बेच्ने गोर्खा ब्रोअरी कम्पनीलाई कारबाही हुन्छ त ?

म्याद गुज्रेका वियर बेच्ने गोर्खा ब्रोअरी कम्पनीलाई कारबाही हुन्छ त ?

  • शनिवार, आषाढ ३२ २०७९

  • 1.9K
    SHARES

  • म्याद गुज्रेका वियर बेच्ने गोर्खा ब्रोअरी कम्पनीलाई कारबाही हुन्छ त ?

    काठमाडौं । गोर्खा ब्रोअरी कम्पनीले उत्पादन गरेको म्याद नाघेको गोर्खा क्राप्ट वियर बजारमा बिक्री भइरहेको पाइएपछि उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले आफूहरुको ध्यान केन्द्रीत भएको बताउनुभएको छ ।

    नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने म्याद गुज्रेका पेय पदार्थ बिक्रिवितरण गर्न नपाइने भन्दै उहाँले कारबाहीको प्रक्रिया थालनी गर्नुपर्ने बताउनुभयो । उद्योगीले होलसेलरलाई र हालसेलरले नागरिकलाई म्याद गुज्रेका पेय पदार्थ किनबेच गर्न नपाइने उहाँको भनाइ छ । तिमिल्सिनाले भन्नुभयो, ‘बिक्रेता यसको मुख्य दोषी हो, कम्पनीबाट उसले कहिले र कुन मितिमा खरिद गरेको थियो बुझेर कारबाही हुन्छ ।’

    आज काठमाडौंको सतुंगलस्थित डिजे लञ्चमा गोर्खा क्राप्ट वियर म्याद गुज्रेको अवस्थामा फेला परेको थियो । करिब आठ बोतल वियर सेवन गरेका ग्राहकले अन्तिममा म्याद गुज्रेको थाहा पाएका थिए । उनीहरुका अनुसार वियरको रङ नै परिवर्तन भएको छ । बेला–बेला विवादमा आइरहने गोर्खा ब्रुअरी कम्पनीले म्याद नाघेको वियर बिक्रिवितरण गरिरहेको भन्दै उनीहरुले आलोचना पनि गरेका छन् ।

    वियरमा म्याद समाप्त हुने अन्तिम मिति सन् ०५/०७/२०२२ लेखिएको छ । आजको मिति सन् १६/०७/२०२२ हो । यसरी हेर्दा वियर ११ दिन अगावै म्याद गुज्रिसकेको छ । विभिन्न मदिरा कम्पनीहरुले नाफा मात्रै हेर्ने तर आफ्ना उत्पादनहरुको नियमित चेकजाँज नगर्ने हुनाले धेरै नागरिकले स्वास्थ्य समस्या भोगिरहनु परेको छ । 

    वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले बजारमा म्याद नाघेका सामाग्री बेच्ने गोर्खा ब्रुअरीलाई भोलि नै कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले प्रमाण समेत आइसकेकोले उपभोक्ता संरक्षण ऐनको दफा ३९ बजोजिम कारबाही गरिने बताउनुभयो ।

    बजारका अन्य स्थानबाट पनि गोर्खा क्राप्टको बारेमा गुनासो टिपोट भइरहेकोले नेपाली नेटवर्कले अन्य सामाग्री तयार पारिरहेको छ ।


    शनिवार, आषाढ ३२ २०७९०५:४३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij