Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गोर्खा ब्रुअरी कम्पनीको म्याद गुज्रेको गोर्खा क्राप्ट वियर बजारमा छ्याप्छ्याप्ती (तस्बिरसहित)

गोर्खा ब्रुअरी कम्पनीको म्याद गुज्रेको गोर्खा क्राप्ट वियर बजारमा छ्याप्छ्याप्ती (तस्बिरसहित)

  • शनिवार, आषाढ ३२ २०७९

  • 1.4K
    SHARES

  • गोर्खा ब्रुअरी कम्पनीको म्याद गुज्रेको गोर्खा क्राप्ट वियर बजारमा छ्याप्छ्याप्ती (तस्बिरसहित)

    काठमाडौं । गोर्खा ब्रोअरी कम्पनीले उत्पादन गरेको म्याद नाघेको गोर्खा क्राप्ट वियर बजारमा बिक्री भइरहेको पाइएको छ । कम्पनीको लापरबाही र होटेलको मिलेमतोमा म्याद नाघेको वियर बिक्री वितरण भइरहेको खुलेको हो ।

    1 final.jpg

    मदिरा मानिसको स्वास्थ्यका लागि त्यसैपनि हानिकारक छ, त्यसमाथि म्याद नाघेको रक्सी सेवन गर्दा स्वास्थ्यमा थप जटिलता सिर्जना हुने चिकित्सकहरु बताउँछन् । बेला–बेला विवादमा आइरहने गोर्खा ब्रुअरी कम्पनीले अहिले भने म्याद नाघेको वियर बिक्रिवितरण गरिरहेको खुलेको हो ।

    2 final.jpg

    काठमाडौंको सतुंगलस्थित डिजे लञ्चमा गोर्खा क्राप्ट वियर म्याद गुज्रेको अवस्थामा भेटिएका छन् । सेवन गर्ने ग्राहकले करिब ८ वटा बोतल खाइसकेपछि म्याद नाघेको थाहा पाएका थिए । वियरमा म्याद समाप्त हुने अन्तिम मिति सन् ०५/०७/२०२२ लेखिएको छ ।

    आजको मिति सन् १६/०७/२०२२ हो । यसरी हेर्दा वियर ११ दिन अगावै म्याद गुज्रिसकेको छ । विभिन्न मदिरा कम्पनीहरुले नाफा मात्रै हेर्ने तर आफ्ना उत्पादनहरुको नियमित चेकजाँज नगर्ने हुनाले धेरै नागरिकले स्वास्थ्य समस्या भोगिरहनु परेको छ ।

    बजारका अन्य स्थानबाट पनि गोर्खा क्राप्टको बारेमा गुनासो टिपोट भइरहेकोले नेपाली नेटवर्कले अन्य सामाग्री तयार पारिरहेको छ ।


    शनिवार, आषाढ ३२ २०७९०२:२१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij