Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उद्धार उडान मंगलबारबाट पुनः सुरु हुने

उद्धार उडान मंगलबारबाट पुनः सुरु हुने

  • सोमवार, भाद्र ८ २०७७

  • 1.0K
    SHARES

  • उद्धार उडान मंगलबारबाट पुनः सुरु हुने

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वकोे सिसिएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारदेखि सुरु हुने भएको छ ।

    गत सोमबार सिसिएमसीले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाइ रद्द गराएको उद्धार उडान सुरु हुने भएको हो ।

    यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चार्टर्ड उडानमा गैरजिम्मेवार काम भन्दै जिम्मेवार अधिकारीहरुलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

    काँग्रेसद्वारा गठित छायाँ सरकारकी श्रममन्त्री डा. डिला संग्रौलाले आज एक विज्ञप्ति जारी गर्दै गैरजिम्मेवार काम गर्ने जिम्मेवार अधिकारीको बर्खास्तको माग गर्नुभएको हो ।

    महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ५० हजार नेपालीलाई स्वदेश फर्काए पनि अझै खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ५ लाख नेपाली स्वदेश फर्कन पर्खिरहेको उहाँको भनाइ छ ।


    सोमवार, भाद्र ८ २०७७०७:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij