Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

  • बिहिवार, आषाढ ३० २०७९

  • 402
    SHARES

  • पहिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

    गृहमन्त्री खाँणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो ।

    पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

    पहिरोबाट विस्थापितलाई उद्धार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताउनुभयो । पहिरोले ६ घर पुरेको छ । मानवीय क्षति भने भएको छैन ।


    बिहिवार, आषाढ ३० २०७९११:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij