काठमाडौं । भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आगो निभाउने प्रयास जारी छ। आगलागी भएको खबर आउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।
ललितपुर महानगरबाट पनि दमकल बोलाइएको एसपी मैनालीले बताउनुभयो । उहाँका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।