Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदै

आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदै

  • बुधवार, आषाढ २९ २०७९

  • 669
    SHARES

  • आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदै

    काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा। बुधबार ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदैछ।

    ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्यको मुख्य भूमिका रहने मानिएको छ।

    मनुस्मृतिअनुसार जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ ।

    गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। यद्यपि मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। ‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन्।’

    बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन्। बुधबार पूर्णिमा तिथि ४७ घडी ४४ पला अर्थात् मध्यरात १२ बजेर २४ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।

     


    बुधवार, आषाढ २९ २०७९०६:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij