Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कास्कीको क्याँदुखोला पहिरोले थुनियो, तटीय क्षेत्रका बस्ती जोखिममा

कास्कीको क्याँदुखोला पहिरोले थुनियो, तटीय क्षेत्रका बस्ती जोखिममा

  • सोमवार, आषाढ २७ २०७९

  • 650
    SHARES

  • कास्कीको क्याँदुखोला पहिरोले थुनियो, तटीय क्षेत्रका बस्ती जोखिममा
    काठमाडौं । कास्कीको मादी गाउँपालिकाको माथिल्लो भेगमा रहेको क्याँदू खोला पहिरोका कारण थुनिएपछि तल्लो तटीय क्षेत्र जोखिममा परेको छ ।
     
    पालिकाको दुर्गम भेगको २ ठूला पहाडको बीचमा पहिरो गएर शनिबारदेखि खोला थुनिएको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिनुभयो । 
     
    हुँगुमा सिक्लेसका केही स्थानीय भेडा चरणसँगै होटेल व्यवसाय गर्छन् । नेपालकै सबैभन्दा होचो स्थानको हिमताल कफुचे ताल त्यही बाटो भएर जाने भएकाले त्यहाँ मादिवासीले होटेल व्यवसाय गरेका हुन् ।
     
    हुँगुको नजिकै क्यादु खोला बग्छ । त्यहाँ होटेल व्यवसायीले त्यही खोलाको पानी प्रयोग गर्दै आइरहेका छन् । तर, शनिबार साँझ करिब ५ बजेबाट खोला आउन छाडेपछि स्थानीय होटेल व्यवसायीले गाउँपालिकालाई खबर गरेका थिए ।
     
    हेलिबाट हेर्दा पहिरोले खोला थुनिएर बनेको ताल सानो देखिएपनि गहिरो हुन सक्ने अनुमान गाउँपालिकाको छ ।
     
    क्यादू खोला मादी नदीमा आएर मिसिने भएकाले मादीसँग जोडिएका बस्ती बढी जोखिममा रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मादीको वडा नम्बर १, ५, ९, ११ र १२ नम्बर वडा सबैभन्दा बढी जोखिममा छन् ।


    सोमवार, आषाढ २७ २०७९०४:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij