Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि , पिएसजी स्तब्ध

बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि , पिएसजी स्तब्ध

  • सोमवार, भाद्र ८ २०७७

  • 943
    SHARES

  • बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि , पिएसजी स्तब्ध

    एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १(० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

    स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।

    उनले जोसुवा किमिचको पासमा हेड गोल गरेका हुन् । पहिलो हाफमा भने दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । खेलको १८ औं मिनेटमा एमबाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरे ।

    खेलको २२ औं मिनेटमा अग्रता बनाउन चुक्यो । रोबर्टो लेवान्डोस्कीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोस्टमा लाग्दै फर्किएको थियो ।त्यसको एक मिनेटपछि एन्जल डी मारियाले काउन्टर मुभमा गोल गर्न सकेनन् । पेनाल्टी क्षेत्र भित्रबाटको डी मारियाको प्रहार आकासिएको थियो ।

    यस्तै ३१ औं मिनेटमा लेवान्डोस्कीको उत्कृष्ट हेड प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले उत्कृष्ट बचाउ गरेका थिए । यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

    यस अघि बायर्नले १९७४, १९७५, १९७६,२००१ र २००१३ मा उपाधि जितेको थियो । यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

     


    सोमवार, भाद्र ८ २०७७०६:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij