Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ

  • आइतवार, आषाढ २६ २०७९

  • 665
    SHARES

  • कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ
    काठमाडौं ।  एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।
     
    वडाध्यक्ष राईले आफूलाई होटेलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्राउ गरिएको थियो । शुक्रबार राति हिलेबाट तेह्रथुमको वसन्तपुर बजारस्थित एक होटेलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
     
    राईले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको वसन्तपुर बजारमा पुर्‍याएको जाहेरीमा उल्लेख छ । घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबरजस्ती गरेको पीडितको भनाइ छ । पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताउनुभयो।
     
    घटना भएको स्थान तेह्रथुम जिल्ला भएकोले पक्राउ गरिएका राईको थप कारबाही प्रक्रियाका लागि तेह्रथुम प्रहरीलाई बुझाइने अधिकारीले जानकारी दिनुभयो। राई गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।


    आइतवार, आषाढ २६ २०७९१२:४१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij