काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको एक टोली काठमाडौं आइपुगेको छ ।
आफ्नो चारदिने नेपाल भ्रमणका लागि जियानचाओ काठमाडौं आइपुग्नुभएको हो । परराष्ट्र मन्त्रालयका उहााँसहितको टोली काठमाडौं आइपुगेको हो ।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ नेपाल आइपुग्नुभएको हो । उहाँ द्वारिका होटलमा बसेको स्रोतले जानकारी दिएको छ ।
नेपाल भ्रमणका क्रममा उहाँ सहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्ने बताइएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता हुने बताइएको छ ।