Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पत्रकार दीपक परियार अमेरिकामा 'ब्रुकलिन साइटेसन'बाट सम्मानित

पत्रकार दीपक परियार अमेरिकामा 'ब्रुकलिन साइटेसन'बाट सम्मानित

  • आइतवार, भाद्र ७ २०७७

  • 1.2K
    SHARES

  • पत्रकार दीपक परियार अमेरिकामा 'ब्रुकलिन साइटेसन'बाट सम्मानित

    काठमाडौं । पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् ।

    पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

    सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु ।

    सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने उनको अनुभवको उच्च मुल्याङ्कन गर्दछु । ’

    खसोखासका प्रधान सम्पादक किशोर पन्थीले उनको सम्मानले आफूलाई समेत गौरवान्भित बनाएको बताए । परियार खसोखासका सम्पादक समेत हुन् । स्थापनाकाल देखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका उनी हाल सेन्टरका सल्लाहकार हुन् ।

    उनी अन्य विभिन्न संघसंस्थामा समेत संलग्न छन् । अमेरिकामा पनि उनी नेपाली सहित दक्षिण एसियाली समुदायमा सक्रिय छन् । परियारले पाएको सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको सामाजिक अभियन्ता नवराज केसीले बताए ।

    अमेरिकामै रहेका लेखक एवं पत्रकार राजन थपलिया भन्छन्, ‘उनको सम्मानले नेपाली समुदायलाई थप हौसला प्रदान गरेको छ ।’


    आइतवार, भाद्र ७ २०७७०६:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij