Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ जना घाइते

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ जना घाइते

  • शुक्रवार, आषाढ २४ २०७९

  • 741
    SHARES

  • ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, ३१ जना घाइते
    काठमाडौं। संखुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् ।
     
    शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर-१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । 
     
    मृत्यु हुनेमा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो । 
     
    मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
     
    घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, आषाढ २४ २०७९०५:४२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij