Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन

कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन

  • बिहिवार, आषाढ २३ २०७९

  • 834
    SHARES

  • कान्छो आरोहीको रुपमा विश्व रेकर्ड राखेका शम्भु तामाङको निधन
    काठमाडौं । सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ ।  हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । 
     
    लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ । 
     
    उनले १७ वर्ष ६ महिना १५ दिनको उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण  गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए । 
     
    मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु  भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए ।


    बिहिवार, आषाढ २३ २०७९०३:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij