Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अष्ट्रेलियन क्रिकेट टोली इंग्ल्यान्ड प्रस्थान

अष्ट्रेलियन क्रिकेट टोली इंग्ल्यान्ड प्रस्थान

  • आइतवार, भाद्र ७ २०७७

  • 1.7K
    SHARES

  • अष्ट्रेलियन क्रिकेट टोली इंग्ल्यान्ड प्रस्थान

    एजेन्सी । अष्ट्रलियन क्रिकेट टोली घरेलु टोलीविरुद्धको श्रृंखला खेल्न इंग्ल्यान्ड प्रस्थान गरेको छ । इंग्ल्यान्डसँगको एक दिवसीय र टि–ट्वान्टी श्रृंखलाका लागि अष्ट्रेलियन टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।

    कोरोना भाइरसको महामारीका वेला इंग्ल्यान्ड भ्रमण गर्ने अष्ट्रेलिया तेस्रो राष्ट्र बनेको छ । यसअघि वेस्ट इन्डिज र पाकिस्तानी टोलीले इंग्ल्यान्ड भ्रमण गरिसकेका छन् ।

    इंग्ल्यान्डमा रहदा अष्ट्रेलियाले तीन टि–ट्वान्टी र तीन एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । दुई टोलीबीचको पहिलो टि–ट्वान्टी खेल सेप्टेम्बर ४ मा हुनेछ । एकदिवसीय सिरिजका खेल सेप्टेम्बर ११ बाट सुरु हुनेछन् ।


    आइतवार, भाद्र ७ २०७७०३:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij