Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइसिसीले नेपाली क्रिकेटरको तलब १० हजार थपिदियो

आइसिसीले नेपाली क्रिकेटरको तलब १० हजार थपिदियो

  • आइतवार, भाद्र ७ २०७७

  • 1.1K
    SHARES

  • आइसिसीले नेपाली क्रिकेटरको तलब १० हजार थपिदियो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको सन् २०१९ मा पाउने तलबमा १० हजारले वृद्धि भएर आउने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा भएपश्चात अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली टोलीका सदस्यहरुले पाउने तलब रोकेको थियो । रोकिराखेको उक्त तलबमा १० हजारका दरले आइसिसी)ले बढाएर पठाउन लागेको हो ।

    निम्लम्बन फुकुवा भएपछि क्यानले सन् २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो ।

    उक्त प्रस्ताव (आइसिसी) ले सहर्ष स्वीकार गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो ।

    अब ग्रेडिङमा रहेका हरेक तहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने छ’, उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र तलब आइपुग्नेमा म विस्वस्त छु ।’

    यसअघि ए ग्रेडका नेपाली खेलाडीले ३५ हजार, बि ग्रेडकाले २५ हजार र सि ग्रेडकाले १५ हजार पाउँदै आएका थिए ।

    अब ए ग्रेडमा पर्नेले ४५ हजार, बि ग्रेडमा पर्नेले ३५ हजार र सि ग्रेडमा पर्नेले २५ हजार तलब पाउनेछन् । नेपाली टोलीका खेलाडीलाई ए, बि र सि गरी तीन ग्रेडमा छुट्याएर आइसिसीले तलब दिँदै आएको थियो । प्रत्येक ग्रेडमा ७–७ जना खेलाडी राखिएको छ ।


    आइतवार, भाद्र ७ २०७७०३:३६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij