Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

६ जनाको सामूहिक हत्याप्रकरणमा आरोपित ४ जनालाई जन्मकैदको फैसला

६ जनाको सामूहिक हत्याप्रकरणमा आरोपित ४ जनालाई जन्मकैदको फैसला

  • मंगलवार, आषाढ २१ २०७९

  • 632
    SHARES

  • ६ जनाको सामूहिक हत्याप्रकरणमा आरोपित ४ जनालाई जन्मकैदको  फैसला
    काठमाडौं । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । 
     
    संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले आजीवन कैद सजायको फैसला सुनाएको जिल्ला हो ।  
     
    हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालाई​ आजीवन कारावासको सजाय सुनाएको  श्रेस्तेदार केदारप्रसाद गौतमले बताउनुभयो । उहाँले एक जना नाबालक रहेकाले कम सजाय भएको बताउनुभयो । 
     
    २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ ।  आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए ।  ४ जनाले मृतक परिवारको राहत कोषमा २-२ लाख रुपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ ।  
     
    नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उनीविरुद्ध कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल उनले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको थियो । चोरी मुद्दामा पनि अदालतले उनलाई कसुरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ । तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ । 
     
    एकै परिवारको ६ जनाको हत्या गरिएको घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरू २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय भएको हो । ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको २०७८ साल भदौ २१ गते  व्यक्तिगत रिसिविका कारण उनीहरूको हत्या गरिएको थियो । हत्यामा संलग्नहरू तेजबहादुरकै दाजुभाइ रहेको बताइएको छ ।


    मंगलवार, आषाढ २१ २०७९०३:०६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij