Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

के हो टिकटक रहस्य ? आयो टीका वलीको प्रष्टिकरण

के हो टिकटक रहस्य ? आयो टीका वलीको प्रष्टिकरण

  • मंगलवार, आषाढ २१ २०७९

  • 531
    SHARES

  • के हो टिकटक रहस्य ? आयो टीका वलीको प्रष्टिकरण

    काठमाडौं । कर्णाली प्रदेशका सांसद गुलाबजंग शाहसँगको टिकटकले चर्चामा आएकी सल्यानकी एमाले जिल्ला नेतृ टीका वलीले आफूले शाहीसँग टिकटक नबनाएको दाबी गरेकी छन् ।

    पत्रकार सम्मेलन गर्दै वलीले प्रविधिको दुरुपयोग गर्दै फेक भिडिओ बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको बताइन् । वलीले उक्त टिकटक आफूले श्रीमान्सँग बनाएको तर कसैले एडिट गर्दै गुलाबजंगको टाउको जोडिदिएको बताइन् । साथै आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको उनले गुनासो गरिन् ।

    उनले भाइरल भइसकेपछि श्रीमान्सँग बनाएको पुरानो टिकटक खोज्दा नभेटेको बताइन् । स्टोरीबाट हटेको टिकटक कसरी खोज्न सकिन्छ भनेर वलीले पत्रकारसँग सहयोग मागेकी थिइन् । आफ्नो राजनीतिक र पारिवारिक जीवन सिध्याउनका लागि षडयन्त्र रचिएको वलीले आरोप लगाइन् ।

    उनले गुलाबजंगलाई पार्टीको नेता भएको हिसाबले आफूले आदर र सम्मान गर्ने पनि बताइन् ।


    मंगलवार, आषाढ २१ २०७९०१:०१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij