Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

व्यक्तिगत घटनादर्ता गर्नेको संख्या बढ्दो छ, परिचयपत्र बनाउन भिड नगरौँ : भट्टराई (भिडियोसहित)

व्यक्तिगत घटनादर्ता गर्नेको संख्या बढ्दो छ, परिचयपत्र बनाउन भिड नगरौँ : भट्टराई (भिडियोसहित)

  • मंगलवार, आषाढ २१ २०७९

  • 615
    SHARES

  • व्यक्तिगत घटनादर्ता गर्नेको संख्या बढ्दो छ, परिचयपत्र बनाउन भिड नगरौँ : भट्टराई  (भिडियोसहित)

    काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले आवश्यकता अनुसार मात्रै परिचयपत्र बनाउन सबैमा आग्रह गर्नुभएको छ । देशभरीका जिल्ला प्रशासन कार्यालय र विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको गुनासो आएकोले यसलाई व्यवस्थित गर्न नागरिकले नै सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले हाल राहादानी बनाउनेहरुलाई मात्रै राष्ट्रिय परिचयपत्र आवश्यक रहेको बताउनुभयो । अहिले नै तुरुन्तै बनाउनुपर्ने आवश्यकता नभएका नागरिकले भिडलाई कम गर्न सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    एक अर्को प्रशंगमा बोल्दै भट्टराईले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रम, पञ्जीकरण (व्यक्तिगत घटना दर्ता) नागरिकका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । नागरिकले यी विषयहरुलाई वेवास्ता गर्दा बेला–बेला दुःख पाइरहेको उहाँको भनाइ छ । बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने भएपनि धेरै अभिभावकले विद्यालय भर्ना गर्ने बेला मात्रै जन्मदर्ता गर्ने गरेको उहाँको भनाइ छ ।

    पछिल्लो समय जन्मदर्ताको क्रम केही बढेको पनि भट्टराईको दाबी छ । मानिसमा चेतनाको विकास हुँदै जाँदा राज्यले प्रदान गर्ने सेवासुविधा लिन पनि व्यक्तिगत घटना दर्ता गर्ने क्रम बढेको उहाँको अनुभव छ । आफूलाई आवश्यक पर्ने कागजपत्र समयमै ठिक पार्दा दुःख नपाइने र राज्यको तथ्यांक भण्डारमा सुरक्षित रहने हुँदा नागरिकको विवरण राख्न पनि सहज हुने भट्टराईले बताउनुभयो ।

     


    मंगलवार, आषाढ २१ २०७९१२:३५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij