Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मंगलवार, आषाढ २१ २०७९

  • 863
    SHARES

  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । अहिले बिहान देशका विभिन्न पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ।

    साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जनरचट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

    राति प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।


    मंगलवार, आषाढ २१ २०७९०६:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij