काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोली प्रदेशमा सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउँदै आएको अतवारी पर्वको अवसरमा प्रदेश सरकारले भोली सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतवारी, पौष २९ गते बुधबार भुवा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलि अतवारी पर्वको बिदा परेको उहाँले बताउनुभयो ।