काठमाडौं । कानुन व्यवसायीहरुको संगठन (APAA-NEPAL)को पाँचौ साधारण सभाबाट अध्यक्षमा अधिवक्ता सरोज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वतमा अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा हिजो शुक्रबार राजधामीमा भएको साधारण सभामा उपाध्यक्षमा अधिवक्ता राधाकृष्ण पाठक, महासचिवमा अधिवक्ता सत्यनारायण पक्का, सचिवमा अधिवक्ता दामोदर तिम्सिना निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा अधिवक्ता रञ्जु बस्नेत तथा सदस्यहरुमा क्रमश अधिवक्ताहरु सनद सत्याल, जयलाल भण्डारी, भगवान पोखरेल, सन्तोष तिवारी निर्वाचित भएको निर्वाचन समिती संयोजक जनक भण्डारीले जानकारी दिनुभयो ।
नेपालमा औद्योगिक तथा बौद्धिक सम्पत्ति कानुनको क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको संगठन(एशियन पेटेन्ट एटोर्निज एशोसियशन नेपाल)को पाँचौ साधारण सभा हिजो शुक्रबार गौशालास्थित अनुपम फुडल्याण्डमा भएको थियो ।