Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पाँचथर पहिरो अपडेट : बेपत्ता तीन जनाको शव भेटियो

पाँचथर पहिरो अपडेट : बेपत्ता तीन जनाको शव भेटियो

  • शनिवार, आषाढ १८ २०७९

  • 842
    SHARES

  • पाँचथर पहिरो अपडेट :  बेपत्ता तीन जनाको शव भेटियो

    काठमाण्डौ । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ ।

    पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा-७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिनुभयो ।

    गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो।

    घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


    शनिवार, आषाढ १८ २०७९०९:३७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij