Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नुवाकोटको ककनीमा राखियो ‘प्रचण्ड’ पुत्र प्रकाशको सालिक 

नुवाकोटको ककनीमा राखियो ‘प्रचण्ड’ पुत्र प्रकाशको सालिक 

  • शुक्रवार, आषाढ १७ २०७९

  • 1.4K
    SHARES

  • नुवाकोटको ककनीमा राखियो ‘प्रचण्ड’ पुत्र प्रकाशको सालिक 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र प्रकाश दाहालको सालिक अनावरण गर्नुभएको छ ।

    नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका–६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको सालिकको आज अनावरण गर्नुभएको हो । अध्यक्ष प्रचण्ड बुहारी बिना मगरसहित ककनी पुगेर सालिकको अनावरण गरेका छन् ।

    ‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ रहेको भन्दै पर्वतारोहण संघले प्रकाशको सालिक बनाएको जनाएको छ ।

    सालिकसहित प्रकाशको जीवनी लेखेर सिलालेख पनि राखिएको छ । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।


    शुक्रवार, आषाढ १७ २०७९०३:२९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij