Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पुजारी हत्याको विरोधमा प्रदर्शन, प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

पुजारी हत्याको विरोधमा प्रदर्शन, प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

  • शनिवार, भाद्र ६ २०७७

  • 2.1K
    SHARES

  • पुजारी हत्याको विरोधमा प्रदर्शन, प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

    काठमाडौं । पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।  यहि भदौ ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।

    तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेको तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहत, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेको हो ।

    अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताउनुभयो ।


    शनिवार, भाद्र ६ २०७७०७:०९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij