धादिङ । धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३१ जना घाइते भएका छन् ।
काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ ।
अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बस सडकमै पल्टिएको छ ।
खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।