Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शनिवारसम्म ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन आग्रह

शनिवारसम्म ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन आग्रह

  • बुधवार, आषाढ १५ २०७९

  • 601
    SHARES

  • शनिवारसम्म ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदो तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो ।

    उहाँले आउँदो तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।

    महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो ।

     


    बुधवार, आषाढ १५ २०७९०८:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij