Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एउटै नम्बरका २ मोटरसाइकलको जम्काभेट भएपछि प्रहरी चकित

एउटै नम्बरका २ मोटरसाइकलको जम्काभेट भएपछि प्रहरी चकित

  • बुधवार, आषाढ १५ २०७९

  • 2.8K
    SHARES

  • एउटै नम्बरका २ मोटरसाइकलको जम्काभेट भएपछि प्रहरी चकित
    काठमाडौं । काठमाडौंको गौशाला चोकमा एउटै नम्बरका दुई वटा मोटरसाइकल सँगै भेटिएका छन् । 
     
    गौशालाको ट्राफिक जाममा भेटिएका एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकलको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
     
    अहिले मोटरसाइकलका सक्कली धनी प्रहरीको सम्पर्कमा आएका छन् । उनी अहिले सिंहदरबारको बग्गी खानामा छन् ।
     
    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता एसपी सञ्जीवदास शर्माका अनुसार सक्कली धनी प्रहरीको सम्पर्कमा आएका छन् । अर्का मोटरसाइकल सवारी चालकलाई प्रहरीले खोजी रहेको छ । 
     
    प्रहरीका अनुसार सीसीटीभीबाट ट्रेसिङ गरिसकिएको छ । मोटरसाइकल छिट्टै नियन्त्रणमा लिने प्रवक्ता शर्माले बताउनुभयो । 
     
    पानी परिरहेको समयमा आज बिहान गौशालाको जाममा बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका २ वटा मोटरसाइकल देखा परेपछि प्रदीपजंग क्षेत्रीले फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 
     
    त्यसपछि उपत्यका ट्राफिक प्रहरी र प्रहरीले मोटरसाइकलबारे सत्य तथ्य खोजिरहेका छन् । 


    बुधवार, आषाढ १५ २०७९०२:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij