Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यस्तो आयो गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट

यस्तो आयो गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट

  • बुधवार, आषाढ १५ २०७९

  • 756
    SHARES

  • यस्तो आयो गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट

    काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको झुन्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।

    शरीरका भित्री चोट नदेखिएको, खुट्टामा सामान्य चोट रहेको र पाखुरामा समातेको दाग रहेको पोस्टमार्टममा संलग्न चिकित्सकलाई उदृत गर्दै एक अनुसन्धान अधिकारीले भने ।

    नेपालटारस्थित डेरामा गत शनिबार बिहान सुनार मृत भेटिएकी थिइन् । प्रहरीले मृतकका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
    आफन्तले श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए । शुक्रबार राति सूर्य सुनारसँगै बसेका थिए । दीलमायाले आत्महत्या गरेको सूर्यको दाबी छ ।

    आफू ब्युँझदा सुनार झ्यालमा झुण्डिएको देखेपछि त्यहाँबाट खाटमा झारेर कृतिम श्वास दिएर बचाउन प्रयास गरेको उनले प्रहरीसामु बताएका छन् । तर, मृत्यु भएको यकिन भएपछि सुनारले झुण्डिन प्रयोग गरेको सल लिएर निस्किएको उनको बयान छ । सूर्यले महाराजगञ्जस्थित भिसा सेन्टरनजिक रहेको झाडीमा सल फ्याँकेको बताएका थिए ।

    ‘घाँटीको दाग र झुन्डिन प्रयोग गरिएको भनिएको सलले बनाउन सक्ने सम्भावित दागमा समानता भएकाले झुन्डिएर मृत्यु भएको चिकित्सकले निष्कर्ष निकालेका छन्’, एक प्रहरी अधिकारी भन्छन् ।

    गोठाटारमा सुन पसल चलाउँदै आएका श्रेष्ठले शुक्रबार राति ९ बजे मासु लिएर दिलमायाको कोठामा पुगेको बताएका छन् ।


    बुधवार, आषाढ १५ २०७९०२:३१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij