एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता खेल्ने तीन टोली शुक्रबार युएई पुगेका छन् । जसमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर छन् ।
आगामि १९ सेप्टेम्बरबाट सुरु हुने आइपिएलका लागि किंग्स इलेभेन पन्जाब, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स यसअघि नै
युएई पुगिसकेका थिए ।
युएई पुगेका खेलाडीहरु कम्तिमा एक साता क्वारेन्टिनमा बस्नेछन् । भारतमा कोरोना परीक्षण गरी युएई पुगेका उनीहरु पुनः तेस्रो र छैटौ दिन पनि परीक्षण गरेर प्रशिक्षणमा फर्कनेछन् ।
आइपिएलका ६० खेल युएईका तीन सहर दुबई, अबुधाबी र शारजहाँमा ५३ दिनसम्म चल्नेछ । प्रतियोगिताका दौरान हरेक ५ दिनको अन्तरमा खेलाडी र सहयोगी स्टाफको कोरोना परीक्षण गरिनेछ ।
कोरोनाको महामारीका कारण भारतमा आयोजना हुने प्रतियोगिता युएईमा सारिएको हो । आइपिएलका सम्पूर्ण खेल बन्द रगंशालामा हुनेछन् ।