Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपको टोली जमैका आज गुयनासँग भिड्ने

सन्दीपको टोली जमैका आज गुयनासँग भिड्ने

  • शनिवार, भाद्र ६ २०७७

  • 792
    SHARES

  • सन्दीपको टोली जमैका आज गुयनासँग भिड्ने

    एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित क्रिकेट टोली जमैका तालावाजले आज आफ्नो तेस्रो खेल खेल्दै छ । ट्रिनिडाड एन्ड टोबागोमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत जमैकाले तेस्रो खेलमा गुयना अमेजन वारियर्ससँग खेल्न लागेको हो ।

    यी दुई टोली बीचको खेल नेपाली समयअनुसार राति १२ बजे सुरु हुनेछ । लगातार तेस्रो सिजन सिपिएल खेलिरहेका सन्दीपको यो सिजनमा प्रदर्शन मध्यम खालको रहेको छ । उनले पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिएका थिए । त्यस्तै, दोस्रो खेलमा उनले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट हात पारेका थिए । सन्दीप गुयनाविरुद्धको खेलमा समेत प्लेइङ सेटमा पर्ने सम्भावना छ ।

    सन्दीप सम्मेलित टोली जमैका गुयनाविरुद्ध दोस्रो जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । यता, गुयना भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पाखा लगाएको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित हुन पुगेको थियो ।

    यस्तै, पहिलो खेलमा ट्रिनबागोसँग ४ विकेटले पराजित भएको वारियर्स दोस्रो खेलमा सेन्ट लुसिया जोउक्सलाई ३ विकेटले हराउन सफल भएको थियो ।

    समान २–२ खेल खेलेका जमैका र गुयनाको अंक क्रमश : तालिकामा चौंथो र दोस्रो स्थानमा रहेका छन् । कोरोना भाइरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भइरहेको छ ।

     


    शनिवार, भाद्र ६ २०७७०३:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij