Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सप्तकोशीमा पानीको बहाव बढेसँगै डुङ्गा चलाउन र माछा मार्न रोक

सप्तकोशीमा पानीको बहाव बढेसँगै डुङ्गा चलाउन र माछा मार्न रोक

  • मंगलवार, आषाढ १४ २०७९

  • 431
    SHARES

  • सप्तकोशीमा पानीको बहाव बढेसँगै डुङ्गा चलाउन र माछा मार्न रोक

    काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको हो ।

    नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ ।

    यद्यपि, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिएपनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

    पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् । नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँले कहीँ कतै कटानको खबर नरहेको जानकारी दिनुभयो । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।


    मंगलवार, आषाढ १४ २०७९०२:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij