Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यस्तो अवस्थामा भेटीए कुटपटि सहित कार लुट्ने लुटेरा

यस्तो अवस्थामा भेटीए कुटपटि सहित कार लुट्ने लुटेरा

  • सोमवार, आषाढ १३ २०७९

  • 684
    SHARES

  • यस्तो अवस्थामा भेटीए कुटपटि सहित कार लुट्ने लुटेरा

    काठमाडौं । कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् ।

    उनीहरूलाई गोदावरी नगरपालिका १ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ पर्नु भन्दा अगाडि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

    आज दिउँसो आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी कार लुटेर लगेका थिए ।

    गोदावरी नगरपालिका १ स्थित ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।


    सोमवार, आषाढ १३ २०७९०५:३९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij