Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भेटियो गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार 

भेटियो गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार 

  • सोमवार, आषाढ १३ २०७९

  • 971
    SHARES

  • भेटियो गाउँपालिकाका कर्मचारीको लुटिएको भनिएको कार 
    कानठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको भारतीयबाट लुटिएको भनिएको कार भेटिएको छ । 
     
    कैलालीको गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा बेवारिसे अवस्थामा कार फेला परेको प्रहरीले जनाएको छ ।
     
    गोदावरी नगरपालिका ४ स्थित  गाईमारे भन्ने स्थानमा भण्डारीलाई कुटपिट गर्दै कार लुटपाट भएको थियो ।  कञ्चनपुकोर भिमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गर्दा बेदकोट नगरपालिका ३ बस्ने भण्डारीले चलाएको कार लुटिएको थियो । 
     
    उनले चलाईरहेको प्रदेश ०३-०१-०२३ च ८७२१ नम्बरको सिल्भर रंगको सुजुकी कारलाई सोही कारमा लिफ्ट मागेर चढेका ३ जनाले सोमबार बिहान लुटेका थिए । चालकलाई फोटो खिच्ने बाहानामा सडक देखि ५० मिटर तल लगी कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फाली मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ।


    सोमवार, आषाढ १३ २०७९०५:१३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij