Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण सिराहामा थप एक जनाको मृत्यु

कोरोनाका कारण सिराहामा थप एक जनाको मृत्यु

  • शनिवार, भाद्र ६ २०७७

  • 545
    SHARES

  • कोरोनाका कारण सिराहामा थप एक जनाको मृत्यु

    सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यही भदौ ३ गते मृत्यु भएका ६८ वर्षीय पुरुषमा गएराति कोरोना संक्रमण फेला परेको हो ।

    मृत्यु भएका सिराहाको मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

    स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनुभयो । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको छ।


    शनिवार, भाद्र ६ २०७७११:५२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij