Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वीरगञ्जका २० जना कोरोना संक्रमणमुक्त

वीरगञ्जका २० जना कोरोना संक्रमणमुक्त

  • शनिवार, भाद्र ६ २०७७

  • 1.1K
    SHARES

  • वीरगञ्जका २० जना कोरोना संक्रमणमुक्त

    वीरगञ्जस्थित होटल रानीपोखरी सेमी आइसोलेसन सेन्टरबाट २० जना कोरोनामुक्त भएका छन् । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

    होटलमा चिकित्सकीय परामर्श सुविधासहित लक्षण नभएका ५२ जना संक्रमितलाई राखिएकोमा २० जना डिस्चार्ज भएको आइसोलेसनका व्यवस्थापक दिलिपराज कार्कीले जानकारी दिनुभयो ।

    वीरगञ्ज–२५ सिर्सिया बस्ने ४६, ५८, ६०, ४८, ५०, ४२, ३६, ५०, ५५ र ७२ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । वीरगञ्ज नगवा बस्ने २५ र २६ वर्षीय युवक, वीरगञ्ज प्रगतीनगर बस्ने २४ वर्षीया महिला र ५५ वर्षीय पुरुषले पनि कोरोना जितेका छन् ।

    यसैगरी वीरगञ्ज छपकैया बस्ने ४७ वर्षीय पुरुष, रामगढवाका १६ वर्षीय पुरुष, श्रीपुरका ६० वर्षीय पुरुष र २३ वर्षीय युवक तथा पावरहाउस बस्ने १९ वर्षीय युवक र वीरगञ्ज–१३ का २३ वर्षीय युवकले पनि कोरोना जितेका छन् । १४ दिन रानीपोखरी आइसोलेसनमा बसेका रामचन्द्र मिश्रले समय–समयमा नास्ता, खाना मिलेको, पानीको प्रबन्ध पनि राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

    चुली मिश्रले कोरोनामुक्त भई घर जान पाउँदा एकदमै खुशी लागेको बताइन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि १४ दिन आइसोलेसन बसेर कोरोनामुक्त भई घर फर्किएकी छन् ।  यसअघि पर्सामा ७२ जना महिलासहित ३ सय ४५ जना कोरोनामुक्त भई घर फर्केका थिए ।

     


    शनिवार, भाद्र ६ २०७७११:३८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij