Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गायिका मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न दोहोरी कलाकारको माग 

गायिका मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न दोहोरी कलाकारको माग 

  • आइतवार, आषाढ १२ २०७९

  • 560
    SHARES

  • गायिका मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न दोहोरी कलाकारको माग 
    काठमाडौं । आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरूले माग गरेका छन् । उनीहरूले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका छन् ।
     
    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले घटनाबारे निष्पक्ष र सत्य तथ्य अनुसन्धान हुनुपर्ने आफूहरूको माग रहेको बताए । झण्डै डेढ सय लोकदोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन् ।
     
    उहाँका अनुसार मृतक सुनारको परिवारले प्रहरीमा जाहेरी दिने तयारी छ । बालाजु वृत्तका डिएसपी गौतम मिश्रले जाहेरीपछि अनुसन्धान अघि बढ्ने बताए । 
     
    दिलमायाका परिवार सुर्खेतबाट आजै काठमाडौंमा आइपुगेका छन् । दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।
     
    शुक्रबार राति १ बजे २० मिनेटमा दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्ट्याटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।
     
    प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहानै सूर्य दिलमायाको कोठामा पुगेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


    आइतवार, आषाढ १२ २०७९०२:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij