गण्डकी प्रदेशमा आज थप ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ११ संक्रमित थपिएका हुन् ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ३ जना, बाग्लुङका एक जना, तनहुँका २ जना, स्याङजाका २ जना र नवलपरासी पूर्वका ३ जना रहेका छन् ।