Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी खुला

पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी खुला

  • शनिवार, भाद्र ६ २०७७

  • 934
    SHARES

  • पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी खुला

    काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् ।

    पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

    एकतर्फी खुला भएको बाटो पूर्ण रुपमा सञ्चालनमा आउन केही घण्टा लाग्ने खनालले बताएका छन्। पहिरो पन्छाउने काम भइरहेको र अहिले एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारी साधान गन्तव्य तर्फ लागेको उनले जानकारी दिए।

    इच्छाकामना गाउँपालिका अन्तर्गत मुग्लिन नजिकैको तीन नम्बर पुलमा शुक्रबार पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।


    शनिवार, भाद्र ६ २०७७०९:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij