Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भक्तपुरबाट अमेरिका पुगेको प्राचीन मूर्ति साढे चार दशकपछि फिर्ता

भक्तपुरबाट अमेरिका पुगेको प्राचीन मूर्ति साढे चार दशकपछि फिर्ता

  • शनिवार, आषाढ ११ २०७९

  • 432
    SHARES

  • भक्तपुरबाट अमेरिका पुगेको प्राचीन मूर्ति साढे चार दशकपछि फिर्ता

    काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता भएको छ। पुरातत्त्व विभागले शुक्रबार कार्यक्रम गरी ती मूर्ति सार्वजनिक गरेको हो।

    मूर्ति नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालरले विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन्।

    विभागका महानिर्देशक गौतमले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ्दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको जानकारी दिए।

    ८३ किलोग्रामको यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो। यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत् सन् २०१५ मा संंयुक्तराज्य अमेरिकाको कनेक्टिकटस्थित याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेका थिए।

    मूर्तिको उत्पत्तिस्थल नेपाल भएको भनी विभागबाट गरिएको अनुसन्धानका आधारमा पुष्टि भएपछि विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो। मूर्ति फिर्ता गर्न गत वैशाख २३ गते न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र विश्वविद्यालयबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

    मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो। फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि शुक्रबार नै राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ।

    अमेरिकाको सहयोगमा गत जेठमा चतुर्मुखी शिवलिंग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो।

    मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भए प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० क को प्रावधानअनुसार गर्ने विभागले जनाएको छ।

    कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्त्विकक महत्त्वका सामग्री फिर्ता गर्दै जाने बताए।


    शनिवार, आषाढ ११ २०७९०८:३९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij