Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनकपुरधाम आइपुग्यो रामायण सर्किट रेल, मुख्यमन्त्री राउतले गरे स्वागत

जनकपुरधाम आइपुग्यो रामायण सर्किट रेल, मुख्यमन्त्री राउतले गरे स्वागत

  • बिहिवार, आषाढ ९ २०७९

  • 577
    SHARES

  • जनकपुरधाम आइपुग्यो रामायण सर्किट रेल, मुख्यमन्त्री राउतले गरे स्वागत
    काठमाडौं। करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपराह्न जनकपुरधाम आइपुगेको छ ।
     
    जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभएको छ ।  धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो नै पहिलो रेल हो ।
     
    रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । 
     
    जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ-ठाउँमा फूलमालाले स्वागत गरिएको छ ।
     
    thumb.jfif
     
    त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।
     
    रामायण सर्किट जोडन विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो । जनकपुरमा पनि ब्रोडगेज रेल लिङ्क रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गङ्गा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले बताउनुभएको छ ।
     


    बिहिवार, आषाढ ९ २०७९०३:०५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij