Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

  • बिहिवार, आषाढ ९ २०७९

  • 533
    SHARES

  • आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ ।

    पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो ।

    पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ ।

    बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइने केन्द्रको भनाई छ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।

    बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।


    बिहिवार, आषाढ ९ २०७९०६:४०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij