Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा देखा परेको हैजा रोकथाम गर्न समिति गठन

काठमाडौंमा देखा परेको हैजा रोकथाम गर्न समिति गठन

  • बुधवार, आषाढ ८ २०७९

  • 580
    SHARES

  • काठमाडौंमा देखा परेको हैजा रोकथाम गर्न समिति गठन
    काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ ।
     
    स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
     
    काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि समितिले काम गर्ने अधिकारीले बताउनुभयो ।
     
    काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ । ल्याब रिपोर्ट आउन बाँकी छ ।  
     
    बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालीकन खाने गरेको पाइएको थियो ।


    बुधवार, आषाढ ८ २०७९०४:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij