Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यौन दुर्व्यवहार आरोपित सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि थुनामा पठाउन आदेश

यौन दुर्व्यवहार आरोपित सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • मंगलवार, आषाढ ७ २०७९

  • 574
    SHARES

  • यौन दुर्व्यवहार आरोपित सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि थुनामा पठाउन आदेश
    काठमाडौं । सेन्ट लरेन्सका व्यवस्थापक संकायका संयोजक र शिक्षक पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ। 
     
    काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । 
     
    काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सेन्ट लरेन्सका संयोजक र शिक्षकले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।
     
    काभ्रे घर भई कागेश्वरी मनोहरा बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय राजनकुमार पौडेललाई थुनामा पठाइएको हो। 
     
    तीन जना विद्यार्थीहरूले आफूमाथि शिक्षकले दुर्व्यवहार गरेको खुलेपछि प्रहरीले उनीहरूलाई जेठ १० गते पक्राउ गरेको थियो।
     
    उनीहरूलाई न्यायाधीश केदारनाथ पौडेलको इजलासले थुनामा पठाउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
     
    यस घटनाको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो। उनीहरूमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो। 
     
    अनुसन्धानपछि रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो। त्यहाँबाट अदालतमा मुद्दा दायर भएको थियो।
     
    उनीहरू दुवै जनालाई डिल्लीबजार कारागार पठाइएको छ। कलेजमा विद्यार्थीमाथि शिक्षकहरूले नै यौन दुर्व्यवहार गरेको बाहिरिएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए। 


    मंगलवार, आषाढ ७ २०७९०८:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij