Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • मंगलवार, आषाढ ७ २०७९

  • 380
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । अहिले बिहान प्रदेश १ का केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।

    मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका केही भू-भागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    मंगलवार, आषाढ ७ २०७९०६:४२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij