Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा २० वर्षीय युवकमाथि चक्कु प्रहार

काठमाडौंमा २० वर्षीय युवकमाथि चक्कु प्रहार

  • सोमवार, आषाढ ६ २०७९

  • 498
    SHARES

  • काठमाडौंमा २० वर्षीय युवकमाथि चक्कु प्रहार
    काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुईजनाले चक्कु प्रहार गरेका हुन् ।
     
    उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेले बताउनुभयो । 
     
    प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको देखिएको छ ।
     
    ‘समूहको विवादमा घटना भएको जस्तो देखिन्छ, दुई जनालाई खोजी गरिरहेका छौं’, घिमिरेले भन्नुभयो, ‘अनुसन्धान गरिरहेका छौं ।’ पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको बताएका छन् ।


    सोमवार, आषाढ ६ २०७९०६:५२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij