Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्यो 

बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्यो 

  • आइतवार, आषाढ ५ २०७९

  • 468
    SHARES

  • बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्यो 
    काठमाडौं । पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।
     
    कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्ड चेनमा राखिने स्वास्थ्य सेवा विभागका  व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।
     
    पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ । थापाका अनुसार वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आज नै पठाइनेछ ।
     


    आइतवार, आषाढ ५ २०७९०२:०८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij