Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बेँसीसहर–चामे सडकमा पहिरो, सडकखण्ड अवरुद्ध

बेँसीसहर–चामे सडकमा पहिरो, सडकखण्ड अवरुद्ध

  • आइतवार, आषाढ ५ २०७९

  • 377
    SHARES

  • बेँसीसहर–चामे सडकमा पहिरो, सडकखण्ड अवरुद्ध

    काठमाडौं । बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

    यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मर्स्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले बताए। हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो। खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।

    यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ।

    यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङका स्थानीयवासी बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्।

     


    आइतवार, आषाढ ५ २०७९११:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij