Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

  • आइतवार, आषाढ ५ २०७९

  • 501
    SHARES

  • काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्दै छ ।

    दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हाे। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ ।

    स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ । यसैबीच, काठमाडौंका मेयर साहले नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा रंगशाला बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ ।

    फोहोरले भरिएर बन्द गर्ने अवस्थामा पुगेको सिसडोलमा रङ्गशाला निर्माणको विषयमा मेयर साहले अखिल नेपाल फुटबल संघको अध्यक्षका उम्मेदवार पंकज नेम्वाङलगायतसँग छलफल गर्नुभएको हो । लिगका लागि स्थानीय खेलाडीहरुको टिम बनाउने र त्यसका लागि आवश्यक पर्ने रङ्गशाला सिसडोलमा बनाउने योजना मेयर साहले बताउनुभएको हो । सिसडोल काठमाडौंबाट १२ किलोमिटरको दूरीमा पर्दछ ।


    आइतवार, आषाढ ५ २०७९०९:५८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij